प्रोफेसर नन्दु कुशवाहाको नेतृत्वमा कुशवाहा बुद्धिजीवी समाजको नयाँ कार्यसमिति चयन
नेपाल कुशवहा कल्याण समाजको आङ्गगिक संस्था कुशवाहा बुद्धिजीवी सेवा समाजमा नयाँ नेतृत्व चयान गरिएको छ । बुद्धिजीवी समाज देशभरका लाखौं कुशवाहाहरुका “थिंकट्यांक” संस्था मानिन्छ ।
चौथो राष्ट्रिय महाधिवेशनको बन्दसत्र मार्फत प्रोफेसर नन्दु कुशवाहाको नेतृत्वमा सर्वसम्मत रूपमा २५ सदस्य नयाँ कार्यकारणी समिति चयन गरिएको हो । कुशवाहा यसअघि उक्त संस्थामा उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको रूपमा क्रियाशिल रहेका थिए । बारा जिल्लाका बासिन्दा रहेका उनी प्रध्यापन पेशमा आवद्ध रहेका छन् ।
त्यसैगरी समाजको उपाध्यक्षमा वीरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) चुनिएका छन् । मेहता यसअघि मूल संस्था नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय सचिब रहेका थिए । सुनसरी जिल्लाका बासिन्दा रहेका उनी पत्रकारिता र लेखन पेशामा आवद्ध रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रेणु महतोलाई चयन गरिएको छ । महोत्तरी जिल्लाकी बासिन्दा रहेकी उनी शिक्षण पेशामा आवद्ध रहेकी छन् ।
त्यस्तै महासचिवमा भने पुन्यलाल महतोलाई चयन गरिएका छन् । स्वास्थ्य प्रशासन क्षेत्रमा आवद्ध रहेका उनी सिराहा जिल्लाका बासिन्दा हुन् । महतो यसअघि पनि महासचिव रहेका थिए ।
नवनिर्वाचित कार्यकारणी समिति निम्नानुसार रहेका छन् :
१. अध्यक्ष- नन्दु प्रसाद कुशवाहा
२. उपाध्यक्ष (पुरुष)- बिरेन्द्र कुमार मेहता
३. उपाध्यक्ष (महिला)- रेणु महतो
४. महासचिव- पुण्यलाल महतो
५. उप-महासचिव- डा. आलोक कुमार कुशवाहा
६. सचिव- दिपेन्द्र कुमार महतो
७. कोषाध्यक्ष- डा. बिरेन्द्र कुमार सिंह
८. सह-कोषाध्यक्ष- शुशिल प्रसाद कुशवाहा
सदस्यहरु :
१. सदस्य- श्याम सुन्दर महतो
२. सदस्य- अरुण महतो कोईरी
३. सदस्य- श्याम नारायण महतो
४. सदस्य- मुक्ति प्रसाद कुशवाहा
५. सदस्य- मनोज कुमार कुशवाहा
६. सदस्य- राम दिनेश महतो
७. सदस्य- कमलेश महतो
८. सदस्य- विश्व लाल सिंह
९. सदस्य- सुमित्रा देवी
१०. सदस्य- कमलेश कुमार कुशवाहा
११. सदस्य- सत्य नारायण मेहता
१२. सदस्य- बिभा कुमारी कुशवाहा
१३. सदस्य- दिपेन्द्र महतो
१४. सदस्य- मुन्नी कुमारी मेहता
१५. सदस्य- राम सुलित महतो
१६. सदस्य- चिङ्की कुशवाहा