पार्टी भन्दा माथि उठेर जातीगत एकतामा कुशवाहा अगुवाहरूका जोड
तराईमूल अन्तरगत कुशवाहा जातीका अगुवाहरुले पार्टी भन्दा माथी उठेर जातीगत एकतामा जोड दिएका छन् ।
शनिबार काठमाडौं स्थित कुशवाहा बुद्धिजीवी सेवा समाजको राष्ट्रिय महाधिवेशनको खुलासत्रमा बोल्दै कुशवाहा अगुवाहरुले त्यस्तो बताएका हुन् ।
वक्ताहरुले तराईका अन्य जातीका तुलनामा संख्यात्मक रूपमा बलियो भए पनि विभिन्न पार्टी-विचारका नाममा बाँडिएकाले नेतृत्वमा भने कुशवाहाको उपस्थिति न्यून रहेका बताएका हुन् ।
कुशवाहा बुद्धिजीवी सेवा समाज देशभरको कुशवाहाहरुको छाता संगठन, नेपाल कुशवहा कल्याण समाजको आङ्गगिक संस्था हो । बुद्धिजीवी समाजलाई कुशवाहाहरुका ‘थिंकट्यांक’ संस्था मानिन्छ ।
यसअघि डिएन महतो नेतृत्वको कार्यसमितिको कार्यकाल समाप्त भएपछि शनिबार चौथो राष्ट्रिय महाधिवेशन गरिएको हो । यसमा देशभरबाट ३ सय बढीको सहभागिता रहेका थिए ।
कार्यक्रममा बोल्दै कुशवाहा वक्ताहरुले अबको चुनावहरुमा कुशवाहाहरु पार्टी भन्दा माथी जातीगत एकता र साथमा जोड दिनुपर्ने बताएका हुन् ।
“हामी अन्य जातीका तुलनामा आर्थिक समृद्ध र संख्यात्मक दुवै त्वरबाट बलियो छौं तर संघीय संसदमा हाम्रो केवल १ जना प्रतिनिधि छन् । मन्त्रिपरिषद र अन्य संवैधानिक निकायहरुमा हाम्रो उपस्थिति एकदम न्यून रहेका छन् ।” वक्ताहरुले भने- “अब हामी जाग्नैपर्छ ।”
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु बसन्त कुशवाहा, शत्रुधन प्रसाद सिंह, संविधानसभा सदस्य, रामचन्द्र प्यासी, पुर्वमन्त्री लक्ष्मण मेहता सहित विभिन्न विशिष्ट व्यक्तित्वहरुका उपस्थिति रहेका थिए ।
कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका बर्तमान/पुर्व पदाधिकारीहरु सहित अखिल भारतीय कुशवाहा महासभाका अधिकारीहरुका पनि उपस्थिति रहेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । उच्च शिक्षा र ओहोदा प्राप्त गर्न सफल विभिन्न व्यक्तित्वहरुलाई कुशवाहा सम्मान २०८२ अवार्ड मार्फत सम्मान गरिएका हुन् ।
नयाँ कार्यसमिति चयन :
यसैगरी नेपाल कुशवहा कल्याण समाजको आङ्गगिक संस्था कुशवाहा बुद्धिजीवी सेवा समाजमा नयाँ नेतृत्व चयान गरिएको छ ।
चौथो राष्ट्रिय महाधिवेशनको बन्दसत्र मार्फत प्रोफेसर नन्दु कुशवाहाको नेतृत्वमा सर्वसम्मत रूपमा २५ सदस्य नयाँ कार्यकारणी समिति चयन गरिएको हो ।
कुशवाहा यसअघि उक्त संस्थामा उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको रूपमा क्रियाशिल रहेका थिए । बारा जिल्लाका बासिन्दा रहेका उनी प्रध्यापन पेशमा आवद्ध रहेका छन् ।
त्यसैगरी समाजको उपाध्यक्षमा वीरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) चुनिएका छन् । मेहता यसअघि मूल संस्था नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय सचिब रहेका थिए । सुनसरी जिल्लाका बासिन्दा रहेका उनी पत्रकारिता र लेखन पेशामा आवद्ध रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रेणु महतोलाई चयन गरिएको छ । महोत्तरी जिल्लाकी बासिन्दा रहेकी उनी शिक्षण पेशामा आवद्ध रहेकी छन् ।
त्यस्तै महासचिवमा भने पुन्यलाल महतोलाई चयन गरिएका छन् । स्वास्थ्य प्रशासन क्षेत्रमा आवद्ध रहेका उनी सिराहा जिल्लाका बासिन्दा हुन् । महतो यसअघि पनि महासचिव रहेका थिए ।
नवनिर्वाचित कार्यकारणी समिति :
१. अध्यक्ष- नन्दु प्रसाद कुशवाहा
२. उपाध्यक्ष (पुरुष)- बिरेन्द्र कुमार मेहता
३. उपाध्यक्ष (महिला)- रेणु महतो
४. महासचिव- पुण्यलाल महतो
५. उप-महासचिव- डा. आलोक कुमार कुशवाहा
६. सचिव- दिपेन्द्र कुमार महतो
७. कोषाध्यक्ष- डा. बिरेन्द्र कुमार सिंह
८. सह-कोषाध्यक्ष- शुशिल प्रसाद कुशवाहा
सदस्यहरु :
१. सदस्य- श्याम सुन्दर महतो
२. सदस्य- अरुण महतो कोईरी
३. सदस्य- श्याम नारायण महतो
४. सदस्य- मुक्ति प्रसाद कुशवाहा
५. सदस्य- मनोज कुमार कुशवाहा
६. सदस्य- राम दिनेश महतो
७. सदस्य- कमलेश महतो
८. सदस्य- विश्व लाल सिंह
९. सदस्य- सुमित्रा देवी
१०. सदस्य- कमलेश कुमार कुशवाहा
११. सदस्य- सत्य नारायण मेहता
१२. सदस्य- बिभा कुमारी कुशवाहा
१३. सदस्य- दिपेन्द्र महतो
१४. सदस्य- मुन्नी कुमारी मेहता
१५. सदस्य- राम सुलित महतो
१६. सदस्य- चिङ्की कुशवाहा