Logo
५ श्रावण २०८२, आईतबार
(June 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लघुवित्त तथा वित्तिय शोषण विरुद्ध थप आन्दोलन चर्काउने संघर्ष समितिको चेतावनी

लघुवित्त तथा वित्तिय शोषण विरुद्ध आन्दोनमा रहेकाहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितीका संयोजक मणिराम ज्ञावालीले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त चेतावनी दिएका हुन् ।

राज्यले आन्दोलनमा दमन गरे त्यसको प्रतिकार समेत गरिने उक्त विज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।

राज्यले यस आन्दोलनलाई उपेक्षा गरिरहेको आरोप लगाउँदै विज्ञप्ती मार्फत भनिएको छ – ‘वित्तीय संस्थाका कर्मचारीहरुले समेत ॠणिहरुलाई विभिन्न तरिकाले तर्साउने गरेका छन् । यस्तो रवैया अझै जारी रहे हामी हातमा दहि बसाएर बस्नेछैनौं ।’

हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै :

प्रकाशित मिति: Jun 22, 2025

प्रतिक्रिया दिनुहोस्