Logo
५ श्रावण २०८२, आईतबार
(June 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको क्यान्टिन मर्मत गर्दा खसेर एक जना घाइते

काठमाडौँ – बानेश्वरस्थित संसद भवनको क्यान्टिन मर्मत गर्दा एक जना कामदार खसेर घाइते भएका छन्।

पानी चुहिने समस्या भएपछि फल्स सिलिङ मर्मत गर्ने क्रममा काभ्रेका दिपेश तामाङ खसेर घाइते भएका हुन्। प्रत्यक्षदर्शीका अनुसार काम गर्ने क्रममा उनी झण्डै २० फुटमाथिबाट मार्बल हालिएको भुइँमा पछारिएका थिए।

उनको हात, खुट्टासहितका शरीरका अंगमा चोट लागेको हो।

घाइते तामाङको बानेश्वरस्थित सिभिल अस्पतालमा उपाचार भइरहेको प्रहरीले जनाएको छ। लड्ने वित्तिकै उनलाई एक सांसदको गाडी राखेर अस्पताल पुर्याइएको थियो।

प्रकाशित मिति: Jun 22, 2025

प्रतिक्रिया दिनुहोस्