Logo
५ श्रावण २०८२, आईतबार
(June 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं । मलेसियामा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .१६.३ ओभर बाँकी छँदा भेट्टायो ।

नेपाललाई लक्ष्यसम्म पुर्‍याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरूदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे । आक्रामक ब्याटिङ गर्दै श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्‍याएको थियो ।

यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए ।

सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हावी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो ।

नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट बाँडे ।

प्रकाशित मिति: Jun 22, 2025

प्रतिक्रिया दिनुहोस्