अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्रीको प्रतिक्रिया, ‘पहिले शक्ति, अनि मात्र शान्ति’
तेल अभिभ । अमेरिकाले इरानका आणविक क्षेत्रहरूमा आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छन्।
नेतन्याहुले भने, ‘राष्ट्रपति ट्रम्प र म प्राय: भन्छौँ — ‘शक्तिको माध्यमबाट शान्ति’। पहिला शक्ति आउँछ, त्यसपछि मात्र शान्ति। आज राति, राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले अत्यन्त शक्तिशाली ढङ्गले काम गरे।’
यसअघि नै अमेरिकी प्रशासनले इजरायललाई इरानमाथिको कारबाहीबारे जानकारी दिएको थियो। आक्रमणपछि प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति ट्रम्पबिच टेलिफोन संवादसमेत भएको जनाइएको छ।
इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ।