Logo
५ श्रावण २०८२, आईतबार
(June 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री लगायत शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सरकार पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार र बिहीबार छलफलको कोशिस गरेको भए पनि सम्भव भएको थिएन । आजको बैठकमा नेपाली कांग्रेसका सभाप िशेरबहादुर देउवा, गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलगायत सहभागी छन् ।

प्रकाशित मिति: Jun 20, 2025

प्रतिक्रिया दिनुहोस्