Logo
५ श्रावण २०८२, आईतबार
(June 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बस्ने तयारी

काठमाडौं, ४ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकमा प्रतिनिधिसभामा जारी अवरोध, समसामयिक गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Jun 18, 2025

प्रतिक्रिया दिनुहोस्