रोबर्ट प्रिभोस्ट बने नयाँ पोप, भने: तपाईंहरू सबैलाई शान्ति मिलोस्
रोबर्ट प्रिभोस्ट भ्याटिकनको नयाँ पोप चुनिएका छन्। बिहीबार निर्वाचित प्रिभोस्ट अब पोप लियो चौधौँका रूपमा चिनिनेछन्।
सिकागोमा जन्मेका नवनिर्वाचित पोप प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, ‘तपाईंहरू सबैलाई शान्ति मिलोस्, दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईंहरूमा शान्ति रहोस्।’
उनले आफ्ना पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गर्दै ‘उनी मानिसहरूलाई आशीर्वाद दिन चाहन्छन्, जसरी पोप फ्रान्सिसले सेन्ट पिटर्स स्क्वायरमा आफ्नो अघिल्लो उपस्थितिमा गरेका थिए’ भने।
त्यसपछि पोप लियो चौधौँले दुईदिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए।