पाकिस्तानी सेनाको गोली लागेर कश्मीरको पुंछमा भारतीय सैनिक मारिए
एजेन्सी । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।
आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको मृत्यु भएको हो । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ ।
पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा भारतले आक्रमण गरेको बताएको छ ।