Logo
११ जेष्ठ २०८२, शनिबार
(May 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको तीनकुनेमा बसले भ्यान  र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर,  भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की  र बसमा सवार दोलखा  घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

आज बिहान ६ः३५ बजेको कोटेश्वरबाट बानेश्चर आइरहेको ५९ वर्षीय राम कुमार खड्काले चलाएको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र सोही दिसाबाट आइरहेको बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक, भ्यान र मोटरसाइकल प्रहरी वृत्त बानेश्वरको नियन्त्रणमा राखिएको छ । बस भने काठमाडौँ उपत्यका ट्राफिक महाशाखा रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 8, 2025

प्रतिक्रिया दिनुहोस्