गृहमन्त्री लेखसँगका भाजपा विदेश विभागका प्रमुख चौथाइवालेको भेटवार्ता
काठमाडौं, १७ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।
उनी शुक्रबारसम्म नेपाल रहने बताईएको छ। नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता हुने भनिएको छ ।
गृहमन्त्री लेखकसँगको भेटका क्रममा नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।