Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम पक्राउ परेपछि जनमत पार्टी र नाउपाका कार्यकर्ताहरूको नाराबाजी (तस्बिरहरू)

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरिरहेका हुन् ।

उनीहरूले नागरिक जनमत पार्टी जिन्दाबाद, रेशम चौधरीलाई रिहा गर जस्ता नारा लगाइरहेका छन् । उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाइरहेका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ ।

प्रकाशित मिति: Apr 30, 2025

प्रतिक्रिया दिनुहोस्