नाउपा र जनमतको एकता घोषणा कार्यक्रम स्थगित
काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम स्थगित भएको छ । रेशमलाल चौधरीलाई प्रहरीले पार्टी एकता घोषणा हुनै लाग्दा कार्यक्रमस्थल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो । अध्यक्ष राउतको सचिवालयले आजको एकता घोषणा कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदै उपस्थित भएका नेता कार्यकर्ताहरूलाई घर जान भनेको छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दा रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’– राउतको सचिवालयले जानकारी गराएको छ ।