Logo
९ जेष्ठ २०८२, बिहीबार
(April 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र आएका हुन् : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र फैलाइएको टिप्पणी गरेकी छन्। बैंककबाट शुक्रबार सपरिवार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको चर्चाको खण्डन गरेकी हुन्।

बरु समाचारहरू पढ्दा आफूहरू छक्क परेको सुनाइन्। उनले उक्त चर्चापछि बिहीबार साँझ देउवा र प्रधानमन्त्री केपी ओलीबीच टेलिफोन संवाद भएको जानकारी पनि दिइन्।

पत्रकारको प्रश्नमा देउवापत्नीसमेत रहेकी मन्त्री राणाले भनिन्, ‘यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्यूजहरू आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौँ । त्यसपछि यो के हो भन्नेबारे सभापति ज्यू र प्रधानमन्त्रीबीच टेलिफोनमा कुरा पनि भए । यो हल्ला मात्रै हो।’

यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको राणाले बताइन् । ‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ उनले भनिन् ।

 

प्रकाशित मिति: Apr 25, 2025

प्रतिक्रिया दिनुहोस्