Logo
८ जेष्ठ २०८२, बुधबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ हजार घुससहित पक्राउ परेको पोखरा महानगरका अधिकृतविरुद्ध मुद्दा दर्ता

पोखरा । घुससहित पक्राउ परेको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चैत ७ गते महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत गिरी २५ हजार घुससहित पक्राउ परेका थिए । उनलाई अख्तियारको पोखरा कार्यालयले महानगरको गेटबाटै रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारमा उजुरी परेको र प्रमाण मेटाई दिन्छु भन्दै उनले सेवाग्राहीबाट २५ हजार घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम २५ हजार बिगो कायम गरी र सोही दफा, उपदफाको कैद सजाय, जरियानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्