गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
सुर्खेतकाे वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि आफन्तहरू आन्दाेलित बनेका छन् ।
आइतबार वीरेन्द्रनगर नगरपालिका-२, काे रेडियो नेपालनजिक कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरकाे फाेर्स गाडीकाे ठक्करबाट जुम्लाकाे हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाकाे मृत्यु भएकाे थियाे ।
मृतक कालिबहादुरका परिवारलाई उचित क्षतिपूर्ति र दाेषीलाई कारबाहीकाे माग गर्दै आफन्तहरू आन्दाेलित बनेका हुन् । आान्दाेलनकारीले सुर्खेत-जुम्ला सडक अन्तर्गत यरिचाेकमा सडक अवरुद्ध गरेर प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
गाडीकाे ठक्करबाट टाउकाेमा चाेट लागि गम्भीर घाइते भएका बुढाकाे उपचारकाे क्रममा आइतबार बिहान मृत्यु भएकाे थियाे ।