Logo
११ जेष्ठ २०८२, शनिबार
(April 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी आक्रमणबाट यमनमा ३८ जना मारिए

अमेरिकी आक्रमणबाट यमनमा ३८ जनाको मृत्यु भएको छ। यमनको रास इसा तेल बन्दरगाहमा अमेरिकाले हवाई आक्रमण गर्दा कम्तीमा ३८ जनाको मृत्यु भएको अल जजीराले उल्लेख गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी सेनाले यमनमा गरेको यो अहिलेसम्मकै ठूलो आक्रमण हो। स्वास्थ्य निकायहरूले दिएको जानकारीअनुसार आक्रमणमा १०२ जना घाइते भएका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले हुथीहरूको आयस्रोत कमजोर पार्ने उद्देश्यले हवाई आक्रमण गरिएको बताएको छ। ‘अमेरिकी सेनाले इरान समर्थित हुथी आतंककारीहरूको इन्धनको स्रोतलाई कमजोर पार्न कारबाही गरेको छ,’  सेन्टकमले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। आक्रमणको उद्देश्य हुथीहरूको आयस्रोतलाई कमजोर पार्नु रहेको सेन्टकमले प्रस्ट पारेको छ।

यमनको लगभग ७० प्रतिशत आयात र मानवीय सहयोगको ८० प्रतिशत सोही बन्दरगाहबाट हुने गरेको बताइएको छ।

प्रकाशित मिति: Apr 18, 2025

प्रतिक्रिया दिनुहोस्