Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगरपालिकामा बनेको ६ लेन सडक प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ-  भरतपुर महानगरपालिकामा बनिसकेको ६ लेन सडक उद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई मेयर रेनु दाहालले फूलका गुच्छा दिँदै स्वागत गरेकी छन्।

२०७७ सालमा ओली नै प्रधानमन्त्री रहेका बेला यो सडकको उनैले शिलान्यास गरेका थिए। त्यो बेला भने मेयर दाहाल कार्यक्रममा उपस्थित थिएनन्। यसपटक पनि उनी जालिन् कि नजालिन् भन्ने अन्यौल चिर्दै दाहालले विमानस्थल नै पुगेर ओलीको स्वागत गरेकी छन्।

काठमाडौँबाट प्रधानमन्त्री ओली चढेको जहाज भरतपुर विमानस्थल पुग्दा मेयर ओली फूलका गुच्छा लिएर लाइनमै उभिएकी थिइन्। रेनुलाई देखेर प्रधानमन्त्री ओली मुसुक्क हाँसे र फूलगुच्छा लिँदै सोधे- छोरी सञ्चै छौ?

रेनुले पनि मुस्काउँदै मुन्टो हल्लाएको प्रत्यक्षदर्शीले बताएका छन्।

रेनु दाहालका बुवा अर्थात् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओली सरकारको निरन्तर विरोधमा छन् र यसबापत ओलीका विश्वासप्राप्तहरूबाट गालीको वर्षा पाइरहेका छन्।

उता सडकको उद्घाटनमा पनि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर दाहाललाई महत्त्व दिएका थिए ।शिलालेखको अनावरण गर्ने क्रममा प्रधानमन्त्री ओलीले रेनु र सिंहलाई कपडाको डोरी तान्न दिएका थिए।

प्रकाशित मिति: Apr 18, 2025

प्रतिक्रिया दिनुहोस्