Logo
६ बैशाख २०८२, शनिबार
(March 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।

पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको  थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् ।  फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

प्रकाशित मिति: Mar 7, 2025

प्रतिक्रिया दिनुहोस्