Logo
६ बैशाख २०८२, शनिबार
(March 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ पथरीमा एउटै डोरीमा झुण्डिए पुरुष र महिला, विवाहेत्तर सम्बन्धको आशंका

विराटनगर । मोरङको पथरीशनिश्चरेमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरु दुवै विवाहित हुन् ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । मृतक युवतीको विवाह भने मोरङकाे कटरी गाँउपालिकामा विवाह भएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्।

उनीहरु विवाहेत्तर सम्बन्धमा रहेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

प्रकाशित मिति: Mar 4, 2025

प्रतिक्रिया दिनुहोस्