Logo
१२ चैत्र २०८१, बुधबार
(February 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: Feb 19, 2025

प्रतिक्रिया दिनुहोस्