बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा
७ फागुन, काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।
बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् ।
प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्यामा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।
उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् ।
नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता प्रहरी समक्ष बताएका छन् ।