नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा बेपत्ता
काठमाडौँ । नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ११ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।
बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक मोटरसाइकल नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरमा दुर्घटना भएको हो। सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेको स्थानीयले बताएका छन् ।
सो घटनापश्चात चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भइसकेको छ ।
हालसम्म चालकको एकिन पहिचान हुन नसकेपनि उनको झोलाबाट प्रहरीले केही परिचयपत्र फेला पारेको छ जहाँ रोहित राना नाम उल्लेख गरिएको छ । प्रहरीले बेपत्ता चालकको पहिचान निक्र्यौल गर्ने प्रयास भइरहेको जनाएको छ ।