Logo
१२ चैत्र २०८१, बुधबार
(February 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाले भन्यो– अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँ

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए ।

बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ठाकुरले संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताए । उनले सो अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताए ।

उनले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिए। सो पार्टीका प्रवक्ता मनिष मिश्रले पनि पार्टी अध्यक्षले सरकारबाट बाहिरिने कुरा गरेको बताए ।

प्रकाशित मिति: Feb 13, 2025

प्रतिक्रिया दिनुहोस्