Logo
१२ चैत्र २०८१, बुधबार
(February 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकको राजीनामा माग (तस्बिरहरू)

काठमाडौँ । दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । बुधवार दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

मङ्गलवार गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको भन्ने समाचार बाहिर आएको थियो । आजै दलित विद्यार्थीहरूले माइतीघरमा पत्रकार सम्मेलन समेत गरेका थिए ।

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राममाथि प्रहरीले पटकपटक यातना दिएको आरोप छ । उनले सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका थिए ।

उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो ।

अन्तरजातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको आरोप छ । तर, गृहमन्त्री लेखकले भने सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

प्रकाशित मिति: Feb 5, 2025

प्रतिक्रिया दिनुहोस्