Logo
१२ चैत्र २०८१, बुधबार
(February 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य २ हजार २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ काय भएको छ । सो मूल्य मंगलबार १ लाख ६४ हजार ७०० रुपैयाँ कायम थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ९७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: Feb 5, 2025

प्रतिक्रिया दिनुहोस्