Logo
२८ मंसिर २०८१, शुक्रबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा, पूरै परिवारलाई फाइदा

 जिल्लाको शहीद लखन गाउँपालिकाले गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ। रकम अभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बिमा सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले बताए।

‘चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ। गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बिमा दर्ता सहयोगीलाई खबर गर्ने र बिमा अभिकर्ताले घरमै पुगेर बिमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने। कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका १२५ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।

‘गाउँपालिकाले एक गर्भवतीका लागि गरिदिएको तीन हजार ५०० को स्वास्थ्य बिमाबाट गर्भवतीसहित परिवारका पाँचजनाको बिमा हुन्छ। यसबाट परिवारका पाँच सदस्यले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन्’, शाखा प्रमुख श्रेष्ठले भनिन्।

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्