Logo
२६ मंसिर २०८१, बुधबार
(November 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो दिन बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई  दोस्रो दिनको बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट अहिले बयानको लागि सरकारी ल्याएको हो । बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।

प्रकाशित मिति: Nov 13, 2024

प्रतिक्रिया दिनुहोस्