Logo
२६ मंसिर २०८१, बुधबार
(November 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवामा रविको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन

२७ कात्तिक, बुटवल । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो ।

लामिछानेको प्रतीक्षामा रहेको उनका समर्थककहरुले गौतमबुद्ध विमानस्थल अगाडि बिहानैबाट जम्मा भई प्रदर्शन गरेका हुन् । मौसम खराबीका कारण दिउँसो मात्रै आएका लामिछानेलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय बयानका लागि लगिएको छ ।

प्रकाशित मिति: Nov 12, 2024

प्रतिक्रिया दिनुहोस्