Logo
२३ आश्विन २०८१, बुधबार
(October 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र  राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन् ।

ss

प्रकाशित मिति: Oct 2, 2024

प्रतिक्रिया दिनुहोस्