Logo
२५ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी र एमालेको जुहारीले संसद स्थगित

काठमाडौं । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही अवरुद्ध भएको छ । अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए ।

सचिवालयले बुधवार हिंसा शब्द संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।

दुवै पक्षका सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्