Logo
३१ भाद्र २०८१, सोमबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा सांसद ढकालले बोल्दाबोल्दै सभामुखले माइक काटेपछि संसद्मा हंगामा

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले बोल्दा बोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । आज बसेको बैठकमा सांसद ढकालले आकस्मिक समयमा बोलिरहेका थिए ।

ढकालले नेपाल विद्युत प्राधिकरण र सरकारबीच देखिएको टसलबारे कुरा राख्न सुरु गरेपछि सभामुख घिमिरेले माइक काटेका थिए ।

सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिए। उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए।

उनले भने, ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। संविधान र संसदको नियमावली विपरीत भयो भने सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर यो विषय बोल्न पाइँदैन भन्ने कुरा मान्य हुँदैन। सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्दैनौँ।’

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्