Logo
३१ असार २०८१, आईतबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका मोदीको साक्षी बने दाहाल

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार साँझ आयोजित विशेष समारोहमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित रहेका थिए ।

यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका छन् ।

प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्