Logo
२३ मंसिर २०८१, आईतबार
(June 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवन विज्ञानको योग, ध्यानको अभियान अमेरिकामा

काठमाडौं । जीवन विज्ञानको योग, ध्यान अभियान अमेरिकामा हुने भएको छ । मानिसमा सुख, शान्ति र समृद्धिको अभियान सुरु गरेको जीवन विज्ञानले जुन महिनामा अमेरिकामा यस्तो  अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानका लागि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्मा सोमबार बिहान अमेरिका पुगेका छन् ।

अमेरिका जानु अगाडि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले ध्यानलाई संसारभर फैलाउने जीवन विज्ञानको अभियानलाई साकार बनाउन अमेरिकाबाट सुरु गरिएको बताए ।

उनले हाम्रा ऋषिमुनिले दिएको ध्यानको ज्ञान र प्रयोगात्मक अभ्यासलाई संसारभर फैलाउदै मानिसको स्वास्थ्य, सुख र शान्तिको चाहनालाई मद्दत गर्ने बताए ।

गत चैत्र १७ गतेदेखि ५ हजार ३ सय बढीको ऐतिहासिक सहभागितामा विराट् चक्र विज्ञान सम्पन्न गरेको जीवन विज्ञानले अमेरिकाका दुई राज्यमा चक्र विज्ञानको आयोजना गर्न लागेको हो ।  जुन ८ देखि १४ तारिखसम्म अमेरिकाको क्यालिफोर्निया र जुन २३ देखि २९ तारिखसम्म ओहायो राज्यमा हुने चक्र विज्ञानका साथै अन्य विभिन्न कार्यक्रमका लागि जीवन विकास विशेषज्ञद्वय शर्मा र नेपाल अमेरिका गएका हुन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जुन ८ देखि १४ सम्म चक्र विज्ञान साधना हुनेछ । क्यालिफोर्नियाका साथै नर्थ क्यारोलाइना, केन्टकी, ओहायो, शिकागोसहित विभिन्न ७ राज्यमा हुने चक्र विज्ञानसहित हेल्थ म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, शिक्षक प्रशिक्षणलगायत विविध कार्यक्रममा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Jun 4, 2024

प्रतिक्रिया दिनुहोस्