Logo
९ माघ २०८१, बुधबार
(January 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ महिनापछि देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् ।

२०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए ।

बालुवाटार छोड्दा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले उनी धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 17, 2024

प्रतिक्रिया दिनुहोस्