Logo
१२ बैशाख २०८१, बुधबार
(June 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोभितको बद्री बहादुरकाे फस्टलुक सार्बजनिक

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ ।

फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिलममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ ।

समीर मिया सह–निर्माता रहेको कमेडी जनराको फिल्ममा सलोन बस्नेत र पूजा शर्माको विशेष भुमिकामा अभिनय छ । फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ

प्रकाशित मिति: Jun 9, 2023

प्रतिक्रिया दिनुहोस्