Logo
७ बैशाख २०८१, शुक्रबार
(June 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा भैँसी शब्दप्रति विवाद : रेकर्डबाट हटाउन सभामुखको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का सांसद शिशिर ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आउनु भएको भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद ढकालले प्रधानमन्त्री भैँसी चढेर आउनु भयो भन्ने दिएको अभिव्यक्ति सांसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका हुन् । ढकालले भारतबाट आयात गरिएको भैँसी चढेर प्रधानमन्त्री आएको भन्ने अभिव्यक्ति दिएपछि संसदमा लफडा भएको थियो ।

संसदमा प्रश्न सोध्नेक्रममा ढकालले ‘प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नु हुन्छ होला भन्ने थियो दुभाग्यवस भैँसी चढेर आउनु परेको कुराहरु आयो’ भनेर अभिव्यक्ति दिए ।

ढकालले बोल्न भ्याउँदा नभ्याउँदै माओवादी केन्द्रका सांसदहरू उठेर नियमापत्ति जनाए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भैँसी चढेर आएको भन्ने शब्द असंसदीय शब्द भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । प्रधानमन्त्रीलाई भैँसी चढेर आएको भन्ने शब्दले मान मर्दन गरेको भन्दै पाण्डेले आक्रोश पोखे । पाण्डेले रास्वपा सांसदले बोलेको शब्द रेकर्डबाट हटाउन माग गरे लगत्तै रास्वपा, एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाए ।

संसदमा समय माग गर्दै एमाले सांसद सूर्यबहादुर थापाले सत्तापक्षका सांसदहरुको दादागिरी गरेको भन्दै आपत्ति जनाए । ‘यहाँ माननीयले बोलिरहेको बेला सत्तापक्षका सांसदहरुले दादागिरी देखाउनुभयो । बोल्ने अधिकारमा कुठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् भन्ने आग्रह गर्दछु’ थापाले भने, ‘यो दादागिरी कुनै हालतमा स्वीकार्य हुँदैन ।’

त्यसपछि सभामुखले सबै सांसदहरुलाई शान्त भई बस्न बारम्बार आग्रह गरे । तर, संसदमा सत्तापक्ष र विपक्षका सांसदहरू प्रधानमन्त्रीलाई भैँसी चढेको भन्ने शब्द हटाउने÷नहटाउने भन्ने विषयमा लफडा गर्न थाले । सभामुखलाई सभा सञ्चालन सकस पर्न थालेपछि उनले अन्तिममा भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

सभामुखले रास्वपा सांसदले बोलेको शब्द हटाउन निर्देशन दिएलगत्तै माओवादीसहित सत्तापक्षका सांसदहरू समर्थन जनाए । रास्वपा, एमाले राप्रपालगायत सांसदहरुले आपत्ति जनाए ।

संसदमा समय माग गर्दै एमाले सांसद रघुजी पन्तले भैँसी चढेर आएको भन्ने शब्द प्रधानमन्त्री स्वयमले बोलेको बताए । रास्वपाका सांसदले बोलेको शब्द हटाइन्छ भने प्रधानमन्त्रीले भैँसी चढेको भन्ने शब्द समेत हटाउन हटाउन पन्तले माग गरे ।

‘संसदमा भैँसी चढेर आएको भन्ने शब्द प्रधानमन्त्रीले सम्बोधन गर्नेबेला स्वयम राख्नु भएको छ’ उनले भने, ‘यदि सांसदले भनेको शब्द हटाइन्छ भने प्रधानमन्त्रीले बोलेको शब्द हटाइनु पर्छ ।’

त्यति हुँदा समेत सांसदहरू शान्त नभएपछि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीले भैँसी चढेर आए भन्दा केही नहुने स्वयम प्रधानमन्त्रीले भनेको शब्द भन्दा किन रेकर्डबाट हटायो भन्दै प्रश्न गरे । यदि हटाउने भएमा आफ्नो सांसदले बोलेको शब्द र प्रधानमन्त्री दुवैले बोलेको शब्द हटाउन लामिछानेले माग गरे ।

‘प्रधानमन्त्री ज्यूले रोस्टममा उभिएर भनिएको शब्दलाई स्वयम प्रधानमन्त्रीले भन्दा केही नहुने दृष्टान्त स्वरुप हाम्रो माननीयले भन्दा संसद्को रेकर्डबाट हटाउने हुन्छ ?’ लामिछानेले भने, ‘प्रधानमन्त्रीले भनेपछि भनिएकाले प्रधानमन्त्रीले भनेको शब्द हटाऊ केही आपत्ति छैन । यदि ब्यांग्य नै भएपनि यत्ति पनि सत्तापक्षले सहन सक्दैन भने सत्तापक्षले दादागिरी नदेखाओस् ।’ यदि हटाउन भए प्रधानमन्त्री समेत बोलेको हटाउन लामिछानेले माग गरे ।

 

प्रकाशित मिति: Jun 5, 2023

प्रतिक्रिया दिनुहोस्