Logo
११ बैशाख २०८१, मंगलबार
(June 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको छ : केपी शर्मा ओली

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबाट उत्साहित हुनुपर्ने अवस्थामा हुनुपर्नेमा चिन्ताको अवस्थामा रहेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गरे ।

उनले बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि चलिरहेको र कसैले पनि बाटो प्रयोग गर्न नरोकिएको उल्लेख गरे । सीमा विवाद समाधानको बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै उनीहरुले आफ्नो छुटेको जग्गा आपसमा लेनदेन गरे पनि नेपाल र भारतबीच जमिन सट्टा पट्टा हुन नसके बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको दाबी समेत गरे ।

प्रकाशित मिति: Jun 5, 2023

प्रतिक्रिया दिनुहोस्