Logo
७ बैशाख २०८१, शुक्रबार
(June 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाइटनिककाे भग्नावशेषमा फेला परेकाे नेकलेस २ करोड ३० लाख बर्ष पुरानो मेगालोडाेनकाे

टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार फेला परेको छ ।

एक सय बर्ष अगाडी डुबेको जहाजको डिजिटल स्क्यान गर्दा टाइटानिकको भग्नावशेषमा मेगालोडोन भनिने प्रागैतिहासिक शार्कको दाँतको हार फेला परेको हो ।

गहिरो पानीमा अनुसन्धान गर्ने कम्पनी म्यागेलनका अनुसार १०० बर्ष अघि डुबेको टाइटानिकको भग्नाबशेषमा २३ मिलियन वर्ष पुरानो मेगालोडनको हार समुन्द्रको फेदमा फेला परेको हो ।

टाइटनिकको भग्नावशेषको स्क्यान गर्ने बैज्ञानिकहरुले मेगालोडोनको दाँत भएको सुनको हार दुनियालाइ देखाएका छन । जसलाई वैज्ञानिक नाम ओटोडस मेगालोडन भनेर चिनिन्छ, जुन प्रागैतिहासिक शार्क २ करोड ३० लाख वर्ष पहिले पृथ्वीको अस्तिवमा थियो ।

प्राग ऐतिहासिक मेगालोडनहरू आजको जीवित कुनै पनि शार्कभन्दा १० औं गुना ठुलो थियो र त्यसले अहिलेका ५ वटा सार्कहरुलाई एकैपटक खान सक्दथ्यो ।

टाइटानिकको पूर्ण आकारको डिजिटल स्क्यान गर्ने परियोजनाको क्रममा म्यागेलनले सो नेकलेस पत्ता लगाएको हो, जुन कम्पनीले इतिहासकै सबैभन्दा ठूलो पानी मुनिको  स्क्यानिङ परियोजना भएको बताएको थियो।

प्रकाशित मिति: Jun 1, 2023

प्रतिक्रिया दिनुहोस्