Logo
१५ चैत्र २०८०, बिहीबार
(May 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र राजाबाट होइन राजनीतिक दलहरूबाटै खतरामा छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै नै खतरामा रहेको बताएका छन् ।

काँग्रेस ललितपुर निर्वाचन क्षेत्र नं.१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताएका हुन् ।

उनले भने, ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौँ तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनको भनाई छ ।

नेता कोइरालाले काँग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर सङ्गठन कमजोर बनाउने काम नगर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रकाशित मिति: May 29, 2023

प्रतिक्रिया दिनुहोस्