Logo
८ बैशाख २०८१, शनिबार
(May 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारमा जसपाबाट २ जना मन्त्री थप : वीरेन्द्र वनमन्त्री, प्रमिला शिक्षा राज्यमन्त्री

संघीय सरकारमा २ जना मन्त्री थप भएको छ । जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारी यादवलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ आजै हुने भनिएको छ । महतो मधेश प्रदेश स्थित सिरहा-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने यादव राष्ट्रियसभा सदस्य हुन् । उनी कोशी प्रदेश स्थित सुनसरीकी बासिन्दा हुन् ।

प्रकाशित मिति: May 23, 2023

प्रतिक्रिया दिनुहोस्