Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो, पेट्रोल, हवाई इन्धनको मूल्य यथावत

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो ।

पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्