Logo
६ बैशाख २०८१, बिहीबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरगंज नर्सिङ क्याम्पसमा चरम राजनीति : स्वयू निर्वाचनको वदला प्रयोगात्मक परिक्षामा !

मधेश प्रदेश स्थित बिरगंज ४ विर्तामा रहेको बिरगंज नर्सिङ क्याम्पसमा जारी चरम राजनीतिले त्यहाँका विद्यार्थीहरु मर्कामा परेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको उक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि चरम राजनीति सुरु भएको हो । उक्त निर्वाचनबाट अनेरास्वयूको प्यानल निर्वाचित भएको थियो भने नेविसंघको प्यानलले हार ब्यर्होनुपरेको थियो ।

उक्त निर्वाचनको परिणमसंगै क्याम्पसमा दुईगुटको राजनीति सुरु भएको हो । जून राजनीतिका सिकार शिक्षक र विद्यार्थी सहित क्याम्पस प्रशासन पनि भइरहेका छन् ।

यसैबीच त्यहाँ अध्ययनरत स्टाफ नर्स तेस्रो वर्षकाका केहि सिमित बाहेक अधिकांश विद्यार्थीहरुलाई फेल गराउने उद्देश्यले प्रयोगात्मक परिक्षा अन्तरगत भाइवामा नियोजित रुपमा शिक्षकहरु लागेपछि समस्या बल्झिएको हो ।

जसका कारण क्याम्पसमा तलावन्दी गरिएको छ भने त्यहाँ अध्ययनरत स्टाफ नर्स तेस्रो वर्षकाका विद्यार्थीहरु संघीय राजधानी काठमाण्डौ स्थित भौतारिरहेका छन् ।

उक्त विद्यार्थीहरु कहिले डिन कार्यालय त कहिँले मिडिया कार्यालय भौतारिरहेका छन् । पुर्व धम्की स्वरुप आफूहरुलाई प्रयोगात्मक परिक्षामा फेल गराउने त्रास उक्त विद्यार्थीहरुमा देखिन्छन् ।

त्यहाँ कार्यरत २५ जना विद्यार्थीहरुले निर्वाचनको वदला स्वरुप शिक्षकहरुले आफूहरुलाई नियोजित रुपमा फेल गराउन लागिएको भन्दै काठमाण्डौ स्थित डिनको कार्यालयलाई लिखित निवेदन नै दिएका छन् ।

उक्त विद्यार्थीहरुका अनुसार स्वयू निर्वाचनमा आफ्नो रोजाइका विद्यार्थी नेताहरु निर्वाचित नभएपछि त्यहाँ कार्यरत शिक्षकहरुले त्यसको रिष परिक्षामा पोखेका हुन् ।

विद्यार्थीहरुका भनाइ अनुसार शिक्षिकाहरु रोमिना श्रेष्ठ, सविना अधिकारी र विनिता साहले नियोजित रुपमा विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षामा फेल नै गराएका छन् ।

तालावन्दी सहित विद्यार्थीहरु आन्दोलित भएका बेला शिक्षिका विनिता साहले विद्यार्थीहरुलाई गालीगलोज नै गरेका थिए । उक्त बेलाको भिडियोमा साहले आक्रमक शैलीमा ‘ल्यासेन्ससम्ममा समेत तिमिहरुलाई फेल गराउने’ भन्दै धम्की दिदै गरेको देखिएकी छन् ।

‘गत स्वयू निर्वाचनमा म्यामहरुले हामिलाई नेविसंघका उम्मेदवारलाई मत हाल्न भन्नुभएको थियो तर नेविसंघको जीत नभई अनेरास्वयूको जीत भयो’ एक विद्यार्थीले भनिन् ‘जसकारण उहाँहरु हामिसँग रिसाउनु भयो, प्रयोगात्मक परिक्षामा देखाइदिन्छौं भन्दै धम्की समेत दिनुभयो ।’

उनले हस्पिटलमा गरिएका प्रोफोमेन्सको अधारमा दिनुपर्ने प्रयोगात्मक नम्बरका लागि लिखित परिक्षा नै लिएको बताइन । ‘खासमा प्रयोगात्मक नम्बर कामकार्यको अधारमा दिने हो नी ! तर म्यामहरुले त्यस्तो गर्नुभएन’ उनले भनिन् – ‘नियतवस फेल गराउने उद्देश्यले म्यामहरुले हामिलाई कोर्स वाहिरका प्रश्नहरुको जवाफ दिन लगाउनु भयो ।’

विद्यार्थीहरुका अनुसार विषय शिक्षकहरुले नेविसंघका उम्मेदवारलाई नजिताएकाले त्यसको बद्ला स्वरुप डिनको कार्यालयलाई पठाउनुपर्ने प्रयोगात्मक परिक्षाको नम्बरमा फेल गराइदिने धम्की यस अघि नै शिक्षकहरुले दिएका थिए ।

पाठ्यक्रमअनुसार भाइवा सहितको प्रयोगात्मक परिक्षाको व्यवस्था छ तर बिरगंज नर्सिङ क्याम्पसका शिक्षकहरु दर्जानौं विद्यार्थीलाई फेल गर्नेगरी नम्बर दिएर पठाउन लागेपछि पिडित विद्यार्थीहरुले क्याम्पसमा तालावन्दी नै गरेका हुन् । विद्यार्थीहरुले पुनःपरिक्षाको माग गर्दै आएका छन् ।

क्यम्पस प्रमुख जमुना भट्टराईले नेविसंघ र अनेरास्वयूको नाममा मिहिनेती विद्यार्थीहरुलाई मर्का भएको बताइन । प्रयोगात्मक नम्बर दिने अधिकार सम्बन्धित विषय शिक्षकहरुको हो तर उहाँहरु पार्टीभक्ती बढी गर्नुहुन्छ नेविसंघ हारेको रिषमा यसरी विद्यार्थीको भविष्यसँगै खेलवाड गर्नु दुख्द भएको उनले बताइन ।

तर आरोपित भनिएकी रोमिना श्रेष्ठले यस समस्याको मूल जड नै क्याम्पस प्रमूख भइको बताइन । ‘क्याम्पस प्रमुख स्वयंले एमालेभक्ती गरेको र विद्यार्थीलाई प्रभावमा पारेर अनेरास्वयूलाई जिताउन भूमिका खेलेकाले यस्तो परिस्थिती आएको’ उनले बताइन ।

‘उहाँलाई फेवर हुन्छ भनेर अनेरास्वयूलाई जिताउन लाग्नु भयो जवकी क्याम्सप्रमुख जस्तो गरिमाका ब्यक्तिले त्यस्तो नगर्नुपर्ने हो ।’ उनले भनिन् -‘मैले कसैलाई नियोजित रुपमा फेल गराउको छैन ।’

तलावन्दीका कारण परिक्षा लिएका उत्तरपुस्तिकाहरु डिन कार्यालय गुग्न सकेको छैन भने क्याम्पसमा दुई समुह केन्द्रित आन्तरिक राजनीति जारी रहेको छ ।

यता, काठमाण्डौ स्थित डिनको कार्यालयले आवश्यक छानविनका लागि टाली खटिएको र अनुसंधान भइरहेको जनाएको छ ।

विद्यार्थीहरुले बुझाएको निवेदन :

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्