Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोपबहादुरमाथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ ।

जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।

सबैको म्याद एकैपटक सकिने गरी टोपबहादुरलाई सोमबार ३ तीन दिनको म्याद थप गरिएको हो । यसअघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् ।

रायमाझी आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । वैशाख २० गते नै रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरार रहँदै आएका थिए ।

प्रकाशित मिति: May 15, 2023

प्रतिक्रिया दिनुहोस्