Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोपबहादुर रायमाझी आइतबार सिधै अदालतमा हाजिर हुने

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी काठमाडौं आईपुगेका छन् । उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ ।

तर, उनी आज र भोलि सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए ।

तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए ।

यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।

प्रकाशित मिति: May 5, 2023

प्रतिक्रिया दिनुहोस्