Logo
७ बैशाख २०८१, शुक्रबार
(May 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी प्रिमियर कप : झाको अर्धशतक पूरा, जीत नजिक नेपाल

यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा गुल्सन झाले आफ्नो अर्धशतक पूरा गरेका छन् । आजको खेलमा माथिल्लो क्रममा बढुवा गरिएका झाले दबाबबीच ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।

उनलाई भीम सार्कीले राम्रो साथ दिइरहेका छन् । सार्की ६४ बलमा ३० रन बनाउँदै खेलिरहेका छन् । ७.६ ओभरमा २२ रनमा ३ विकेट गुमाएको खरब अवस्थाबाट झा र सार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीतको नजिक डोर्‍याएका छन् । नेपालको स्कोर एक सय रन पुरा भइसकेको छ ।

यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

प्रकाशित मिति: May 2, 2023

प्रतिक्रिया दिनुहोस्