Logo
७ बैशाख २०८१, शुक्रबार
(May 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

प्रकाशित मिति: May 1, 2023

प्रतिक्रिया दिनुहोस्