Logo
१५ चैत्र २०८०, बिहीबार
(April 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद दीपक सिंहको प्रश्न : लिपुलेकको बारेमा संसदमा किन कसैले एक शब्द बोल्न नसकेको ?

राप्रपा सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सत्ता जान्छ भन्ने डरले नबोलेको हो कि भन्दै प्रश्न गरे । उनले भने– ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जानसक्छ भन्ने डरले बोल्न नसकेको हो कि ?’

उनले ठूला दलले मिसन महाकाली, मिसन किसानले मल नपाएको विषय नउठाएको बताए । उनले भने– ‘म भन्न चाहन्छु यी ठूला दलहरुले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरुलाई खाडी मुलुक जा भन्न खोजिरहेको त हैन सरकारले ?

सांसद सिंहले ठूला पार्टीले मिसन ग्रास रुट, मिसन माउन्ट एभरेष्ट सुरु गरेको तर किसानले मल नपाएको विषयमा नबोलेको भन्दै गुनासो गरेका छन्

 

प्रकाशित मिति: Apr 2, 2023

प्रतिक्रिया दिनुहोस्