Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । ‘०७९ को निर्वाचनको हकमा उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने भन्ने भएको छ,’ सहमहामन्त्री बन्द्री पाण्डेले भने ।

प्रकाशित मिति: Apr 2, 2023

प्रतिक्रिया दिनुहोस्